LUMBINI HOSPITAL

& Technical College(P) Ltd.

अध्यक्ष ज्यू को सन्देश

शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थल लुम्विनी अञ्चल कै नीजिस्तरको पहिलो अस्पताल लुम्विनी नर्सि· होम प्रा.लि. मिति २०५० मा विधिवत दर्ता भई २०५१ चैत्र २६ गते देखि अनवरतरुपले स्वास्थ्य सेवामा समर्पित यस अस्पतालले प्राविधिक स्वास्थ्य जनशक्ति शिक्षा समेत प्रदान गर्ने मनसाथ लिएर विद्यमान २५ शैयाको अस्पतालवाट स्तरोन्नती गरेर ५० शैयाको लुम्विनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि. नाम कायम (संसोधन) गरेर अनवरत रुपवाट स्वास्थ्य सेवालाई समर्पित गरिरहेको छ । यस क्षेत्रमा नीजिस्तरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य लिई अस्पताल स्थापना गर्न अहोरात्र खटेर महत्वपूर्ण भूमिका सहितको योगदान पु¥याउनु हुने अग्रज संस्थापक डा. दिनेश नाथ गोगंल, श्री उमादेवी श्रेष्ठ तथा श्री महेन्द्र बहादुर हमाल प्रति आभार सहित धन्यवाद व्यक्त गर्न चाहान्छु । सवै तह, तप्का र क्षेत्रको सकारात्मक प्रेरणा, उत्साहजनक सुझाव तथा दिशानिर्देश अनुरुप यस क्षेत्रको स्वास्थ्य सेवालाई समयानुकूल गर्ने गराउने उद्देश्यका साथ बुटवल उपमहानगरपालिका वडा नं. १६ तामनगरमा विशिष्ठ बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नका लागि १०० शैयाको अत्याधुनिक अस्पताल भवन निमार्णको प्रक्रियामा रहेको व्यहोरा सबैमा सहर्ष जानकारी गराउन चाहान्छु । संस्थागत बिकासमा सबै पक्षको सकारात्मक साथ सहयोगको अपेक्षा यस प्रतिष्ठानले राखेको छ । हार्दिक धन्यवाद ।

डा. रमेशमान सिंह
अध्यक्ष संचालक समिति