प्रबन्ध संचालक ज्यू को सन्देश
“सबैको लागि अस्पताल” भन्ने उदघोषका साथ नेपालको स्वास्थ्य क्षेत्रमा आफ्नो अलग्गै परिचय दिन सफल अगुवा वरिष्ट चिकित्सक डा. दिनेश नाथ गोंगल ज्यूको अध्यक्षतामा स्थापित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज (प्रा) लि. (साविक लुम्बिनी नर्सिङ्ग होम (प्रा) लि.) ले २६ औं वसन्त पार गरेर २७ औं वर्षमा प्रवेश गरेको सुःखद उपलक्ष्यमा सबैमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।
यस क्षेत्रमा पहिलो निजि स्तरको अस्पताल भएको कारणले धेरै उतार चढाव घुम्ती र चौवाटाहरु सफलतापूर्वक पार गर्दै चिकित्सक, स्वास्थ्यकर्मी, सेवाग्राही समाजसेवी संचारकर्मी तथा संघ–सस्थाहरुको सकारात्मक भुमिका र योगदान बाट अभिप्रेरित भएर उच्च स्तरिय विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका अत्याधुनिक १०० सैयाको स्वास्थ्य अस्पताल निर्माणको प्रक्रियामा रहेका छौ ।
यस अस्पताललाई आजको अवस्था सम्म ल्याई पु¥याउन सकारात्मक योगदान गर्नु हुने चिकित्साकर्मी, स्वास्थ्यकर्मी, समाजसेवी, संचारकर्मी तथा संघ–सस्था, सेवाग्राही तथा सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै यस अस्पताल द्वारा प्रदत्त स्वास्थ्य सेवा निर्वाहरुपमा उपयोग गरी दिन हुनका साथै समुचित सुझावहरुको अपेक्षा सहित अनुरोध गर्दछौ ।
भीम तुलाचन
प्रबन्ध संचालक